नियम ७९
भैपरी आउने बिदा
: (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिनमा नबढाई भैपरी बिदा पाउनेछ ।
(२) भैपरी आउने बिदा साधारणतः एक पटकमा बढीमा चार दिनसम्म लिन पाइनेछ ।
(३) एक वर्षको भैपरी आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन ।
(४) भैपरी आउने बिदामा बसेका प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।